Ads (728x90)

hi



मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक भनिने गरेपनि प्युठानमा दैनिक मदिराको माग बढ्दो छ । जिल्लामा हाल ११ वटा डिलरहरुले करिब बार्षिक ३० करोड माथिको रक्सी आयत गर्ने गरेको सञ्चालकहरु बताउँछन् ।
गत ०७३÷०७४ मा प्रविण ट्रेड एण्ड सप्लायर्सले मात्र १२ करोड बराबरको रक्सी कारोबर भएको सञ्चालक मेघराज पोख्रेलले बताए । त्यस्तै सामान्य किरानासंगै डिलर राखेका आचार्य अडर्स एण्ड सप्लायर्स बाग्दुलाले पनि बार्षिक १ करोड बराबरको कारोवार हुने गरेको बताए । करिब ६ वर्षदेखि रम्बो डिस्टेलेरी ब्रान्ड, रम्बो डाइमनको डिलर सञ्चालन गरेको मिन बहादुर कुवंरले स्वदेशी तथा विदेशी रक्सीका आइटमबाट यस वर्ष डेढ करोडको कारोवार गरेको बताए ।

त्यस्तै थापा अडर्स एण्ड सप्लायर्स खलङबाट  २ करोड, सुपा देउराली अडर्स एण्ड सप्लायर्सबाट डेड करोड लगायत अन्य डिलरहरुबाट पनि यहि अनुपातमा रक्सीको कारोबार भएको पाइन्छ । त्यस्तै सुरेन्द्र स्टोर्स विजुवारले पनि भर्खरै रोयल डिजप्सको डिलर सञ्चालन गरेका छन् । डिलर व्यवसायीहरुको रिर्पोट अनुसार वियरदेखि सवै प्रकृतिका रक्सी वार्षिक ३० करोड भन्दा माथि कारोवार हुने गरेको छ ।
यस्तै रुस्लान रक्सीको डिलर भने प्यूठानमा छैन । भालुवाङबाट वेविट सप्लायर्सले बार्षिक २ करोड बराबरको रुस्लान प्युठान आपूर्ति गर्ने गरेको रुस्लान सप्लायर्सले बताएको छ ।  यसैगरी जिल्लामा रहेका डिलर बाहेक अन्य माध्यमबाट पनि फुट्रकर रुपमा ठुलो मात्रामा रक्सी भित्रिने गरेको देखिन्छ ।  यस बाहेक जनजाती बस्तीको बाहुल्यता रहेको प्यूठानमा स्थानीयस्तरबाट उत्पादन हुने घरेलु मदिराको खपत पनि उत्तिकै छ ।
प्युठानमा प्रमुख खाद्यान्न बाली धान, मकै, कोदो  र गहुं सहित गरी वार्षिक ४७ हजार मेट्रिक टन उत्पादन हुने गरेकोमा करिब ५ सय म्याट्रिक टन खाद्यान्न भने घरेलु मदिरा उत्पादमा खर्चिने गरेको कृषि विकास कार्यालय प्यूठानका बरिष्ठ कृषि विकास अधिकृत मधुसुदन घिमिरेले बताए ।।

Post a Comment