Ads (728x90)

hi


दाङ ४ भदौ
बाढी र डुवानका कारण दाङका झण्डै ४ सय घर पूर्णरुपमा भत्कीएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार बाढी र डुवानका कारण जिल्लामा ३ सय ९१ घर पूर्णरुपमा भत्कीएका छन् ।गत शुक्रबार देखी चार दिन परेको अबिरल बर्षापछि आएको बाढी र डुवानले तुलसीपुर उपमहानगरपालिका भित्र १ सय ७, दंगिशरण गाउँपालिकामा १ सय ३, बबई गाउँपालिकामा ८०, लमही नगरपालिकामा ५८, राजपुर गाउँपालिकामा २९ र घोराही उपमहानगर क्षेत्रमा १४ घर पूर्णरुपमा भत्कीएको पाईएको छ ।
ति ६ वटा स्थानिय तहका गाउँमा ४ सय ५३ वटा घरमा आंशिक क्षति पुगेको छ । घर भत्कीएपछि ३ सय ९१ घरधुरीका १ हजार ८ सय ५८ जना विस्थापित भएका छन् । बाढी र डुवानले ८ सय ४४ घरधुरीका ४ हजार ७ जना प्रभावित भएको केन्द्रका सुचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुुभयो ।बाढी र खोलाले बगाउदा अहिले सम्म ६ जनाको मृत्युभएको, एक जना बेपत्ता भएको र दुई जना घाईते भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

Post a Comment